०१ साउन २०८३, शुक्रबार

अश्लिल भिडियो र चिठ्ठा परेको भन्दै म्यासेज पठाउने गिरोहका १५० सदस्य प्रहरी नियन्त्रणमा

अश्लिल भिडियो र चिठ्ठा परेको भन्दै म्यासेज पठाउने गिरोहका १५० सदस्य प्रहरी नियन्त्रणमा

रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ स्थित कल सेन्टरमा प्रहरीले छापा हानेको छ । कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’ मा पारेको प्रहरीले सूचना पाएपछि आइतवार प्रहरीले छापा हानेको हो । 

उक्त स्थानबाट प्रहरीले १५० जना किशोर÷किशोरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहका प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उनीहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । जानकीनगरमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिएर ३ सय थान कम्प्युटर राखेर त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

एक जना भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा प¥यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसीले बताए । कार्यालय सञ्चालक भारतीय नगरिकको कोठा प्रहरीले खानतलासी गरेको छ । विस्तृत जानकारी आउन बाँकी छ ।


 

salt training

कमेन्ट गर्नुहोस्