१० साउन २०८३, आइतबार

चीनले बनायो मानवरहित हेलिकप्टर (भिडियो)

साउन ८, २०७९
चीनले बनायो मानवरहित हेलिकप्टर (भिडियो)

चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसन (एभीआईसी)को एक अनुसन्धान संस्थाले जहाजबाट उडाउन मिल्ने मानवरहित हेलिकप्टरको सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ । 

एआर–५००बीजे नामक उक्त हेलिकप्टर जहाजबाट उडेको थियो र त्यहीँ अवतरण गरेको थियो । 

एभीआईसीले सन् २०१७ मा यस परियोजनाको आरम्भ गरेको थियो । सफल परीक्षण उडानसँगै परियोजनाको सन्तोषजनक अन्त्य भएको छ ।

यो मानवरहित हेलिकप्टर सैन्य र नागरिक दुवै प्रयोजनका लागि उपयुक्त छ । यसबाट जलक्षेत्रीय अन्वेषण तथा उद्धारका साथै गश्ती र अनुसन्धान समेत गर्न सकिने विज्ञहरू बताउँछन् । 

सन् २०२० को डिसेम्बर महिनामा चीनले जहाजबाट उडाउन मिल्ने हलुका हेलिकप्टर ड्रोनको सफल उडान गराएको थियो । यो हेलिकप्टर पूर्णतः चीनमै बनेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्