२३ असार २०८३, मंगलबार

युक्रेनका गुप्तचर प्रमुख भन्छन्– इरानमा देखिएका पुटिन नक्कली हुन्

साउन ८, २०७९
युक्रेनका गुप्तचर प्रमुख भन्छन्– इरानमा देखिएका पुटिन नक्कली हुन्

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूजस्तै देखिने अर्का व्यक्तिलाई इरान भ्रमणमा पठाएको युक्रेनको गुप्तचर संस्थाका प्रमुखले बताएका छन् । 

गुप्तचर संस्था जीयूआरका प्रमुख जनरल किरिल बुदानोभले भने, ‘पुटिन भनिएको व्यक्ति विमानबाट बाहिर निस्केको ध्यान दिएर हेर्नुस् । उनी पुटिन हुन् त ?’

बुदानोभले यसको विस्तृत विवरण दिएनन् । तर युक्रेनी सञ्चारमाध्यमहरूले सार्वजनिक कार्यक्रममा पुटिनले यदाकदा आफू जस्तै देखिने मानिस उपयोग गर्ने गरेको लेखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्