०२ साउन २०८३, शनिबार

दक्षिण अमेरिकाको प्राकृतिक स्रोतमा अमेरिकाको नजर, चीनको लगानी बढेकोमा चिन्ता

साउन ८, २०७९
दक्षिण अमेरिकाको प्राकृतिक स्रोतमा अमेरिकाको नजर, चीनको लगानी बढेकोमा चिन्ता

अमेरिकी सेनाको सदर्न कमान्डकी कमान्डर जनरल लाउरा रिचार्डसनले दक्षिण अमेरिकामा चीनको प्रभाव बढेकोमा चिन्ता व्यक्त गरेकी छन् । 

गत साता एस्पन सिक्योरिटी फोरममा आफ्नो कुरा राख्दै रिचार्डसनले बताइन्, ‘पनामा कनालमाथि उड्दा अनि कनालका दुवैतर्फ चीनका सरकारी कम्पनीहरूको बोर्ड देख्दा मलाई पीर लाग्छ । ती नागरिक कम्पनी वा सरकारी स्वामित्वका संस्था जस्ता देखिन्छन् र दोहोरो काममा उपयोग गरिन सक्छन् ।’

‘तिनलाई आवश्यक परेमा तत्कालै सैन्य क्षमतायुक्त संरचना बनाउन सकिन्छ,’ उनले थपिन्, ‘उनीहरूले गरेको लगानी हेर्दा हामीले चिन्ता गर्नुपर्ने स्थिति छ ।’

सदर्न कमान्डले दक्षिण अमेरिकालाई कभर गर्ने गर्छ । 

त्यसकी कमान्डर रिचार्डसनले विश्वको ६० प्रतिशत लिथियम भण्डार दक्षिण अमेरिकामा रहेको स्मरण गराइन् । लिथियम विद्युतीय उपकरणहरूमा उपयोग गरिने पदार्थ हो । त्यस्तै हलुका कच्चा तेल, दुर्लभ पदार्थ र संसारको ३१ प्रतिशत पिउनयोग्य पानी पनि दक्षिण अमेरिकामा छ ।

‘हाम्रा शत्रुहरूले यस क्षेत्रबाट दिनदिनै फाइदा उठाइरहेका छन्,’ रिचार्डसनले बताइन् । 

चीनले उक्त क्षेत्रमा आफ्नो चासो र लगानी दुवै बढाएको छ । आफूले नभई चीनले दक्षिण अमेरिकाको प्राकृतिक स्रोत दोहन गर्ने भयो भनी अमेरिकाले चिन्ता मानेको रिचार्डसनको बयानले देखाउँछ ।
 

salt training

कमेन्ट गर्नुहोस्