०३ असार २०८३, बुधबार

बोरिस जोनसनले गरे युक्रेनी सैनिकहरूसँग तालिम (भिडियो)

साउन ८, २०७९
बोरिस जोनसनले गरे युक्रेनी सैनिकहरूसँग तालिम (भिडियो)

पदमुक्त हुन लागेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी सैनिकहरूसँगको सैन्य अभ्यासमा सहभागी भएको बताएका छन् । 

विगत दुई हप्तामा जोनसनको यो दोस्रो अभ्यास हो । 

शनिवार जोनसनले सैन्य पोशाक लगाएर विभिन्न हतियारको परीक्षण गरेको भिडियो सार्वजनिक गरेका थिए । 

‘यो हप्ता मैले उत्तरी योर्कशायरमा बेलायती सैनिकहरूबाट तालिम पाइरहेका युक्रेनी सैनिकहरूलाई भेटें,’ जोनसनले बताए । उनले लगभग ४०० युक्रेनी सैनिकहरूलाई भेटेका थिए । 

जुन महिनामा जोनसन किएभ पुगेको बेलामा युक्रेनका १० हजार सैनिकलाई बेलायतले तालिम दिने घोषणा भएको थियो । 

बेलायती सेनाले युक्रेनलाई २.३ अर्ब पाउन्ड सहयोग गरिसकेको छ । जोनसनका अनुसार, त्यसमा ६९ सय एन्टी ट्यांक हतियार र १२० वटा सशस्त्र हतियार पनि पर्छन् । 

भिडियोमा जोनसनले युक्रेनी सैनिकहरूको बहादुरी र नायकत्वको सम्मान गरे । उनले स्लाभा उक्राइना भनी युक्रेनी सैनिकको हौसला पनि बढाए ।

salt training

कमेन्ट गर्नुहोस्