
पाल्पाको रिब्दीकोट २ लघुवामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
घटनास्थलबाट १७ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन् ।
बाग्लुङ्गगको बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु१ख ५९५२ नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा करिब २३ जना सवार रहेको बताइएको छ ।
अहिले घाइतेको उपचारको लागि तानसेन ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले प्रहरी पुगेर उद्दार शुरू गरेको छ ।
बस सडकबाट ५०० मिटर तल खसेको छ ।