०९ साउन २०८३, शनिबार

भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले आज कार्यभार सम्हाल्दै

साउन ९, २०७९
भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले आज कार्यभार सम्हाल्दै

भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले आज कार्यभार सम्हाल्दैछन् । 

उनले भारतको सर्वोच्च संवैधानिक पदको शपथ आज लिने भारतीय सञ्चारमाध्यमले बताएको छ ।

मुर्मू भारतकी १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन् । 

भारतको केन्द्रीय गृह मन्त्रालयका अनुसार, शपथ समारोह बिहान १०ः१५ बजे संसदको केन्द्रीय भवनमा हुनेछ । 

सीजेआई एन.वी रमणाले उनलाई राष्ट्रपति पदको शपथ दिलाउनेछन् ।

यसपछि मुर्मूलाई २१ तोपकी सलामी दिइनेसमेत तयारी भएको बताइएको छ । 

शपथ ग्रहणपछि नयाँ राष्ट्रपति मुर्मूले सम्बोधन गर्ने कार्यसूची छ ।
 

salt training

कमेन्ट गर्नुहोस्