
काठमाडौं, २० पुस — काठमाडौंको कलंकीमा ट्राफिक जामको व्यवस्थापनका लागि सडकमुनिबाट समेत गाडी हिँड्न मिल्ने गरेर सव वे निर्माण थालिएको छ ।
चिनियाँ कम्पनीले कलंकीमा सब वे बनाउन थालेको हो । कालिमाटीबाट थानकोट जाने गाडी सडक माथिबाट जाने छन् भने रिङरोडमा गुड्ने गाडी सडक मुनिबाट कुँद्ने छन् ।
दुई वर्षमा सव वेको कामसम्पन्न भएपछि चक्रपथमा ओहोरदोहोर गर्न गाडीले पालो पर्खनुपर्दैन । हेरौं कसरी बन्दै छ कलंकीमा सव वे




तस्वीरः रासस