बलिउड अभिनेत्री तापसी पन्नूको नयाँ फिल्म शाबाश मिथु बक्स अफिसमा असफल भएको छ ।
संन्यास लिएकी क्रिकेट खेलाडी मिथाली राजको जीवनीमा आधारित फिल्मले भारतभरिबाट आठौं दिनमा जम्मा ४२ सय ८० भारु कमाएको बताइएको छ ।
जुलाई १५ मा राजकुमार रावको हिट : द फर्स्ट केस र शाबाश मिथु रिलीज भएको थियो । पन्नूको फिल्मले अहिलेसम्म जम्मा २.१२ करोड भारु कमाएको छ भने रावको फिल्मले ७.६९ करोड भारु कमाएको छ ।
यसअघि पन्नूकी कट्टर दुश्मन कंगना रनावतको फिल्म धाकडले पनि यस्तै किसिमको बेइज्जतीपूर्ण कमाइ गरेको थियो ।
धाकड रिलीज भएको आठौं दिनमा भारतभरि जम्मा २० वटा टिकट बिकेको थियो र जम्मा ४४ सय २० भारु कमाएको थियो ।
कंगनाको फिल्म सुपरफ्लप हुँदा तापसीका फ्यानले उडाएका थिए भने अहिले कंगनाका फ्यानले बदला लिइरहेका छन् ।