
फेसबूक, इमेल र स्मार्टफोन ह्याक भएको खबर समय–समयमा सुनिन्छ तर दिमाग नै ह्याक गरिएको सुनिएको छैन ।
तर अब अमेरिकाका वैज्ञानिकले दिमाग ह्याक गर्ने प्रविधि बनाउने अनुसन्धानमा सफलता पाएका छन् ।
ताररहित प्रविधिबाट वैज्ञानिकहरूले झिँगाको दिमाग ह्याक गर्न सफल भएका छन् । वैज्ञानिकहरूले झिँगाको दिमागमा रहेका न्युरोन्समाथि नियन्त्रण कायम गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वैज्ञानिकहरूले शुरूमा झिँगामा दिमाग ह्याक गर्ने परीक्षण गरेका हुन् । उनीहरूले लामो समयदेखि दिमागले काम गर्ने तौरतरिकाबारे अनुसन्धान गरिरहेका थिए । नेसनल साइन्स फाउन्डेसन र डिफेन्स एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सीले यस्तो प्रविधि विकास गरेका हुन् ।
झिँगाको दिमाग ह्याक गरेर वैज्ञानिकहरूले झिँगालाई आफू अनुकूल उड्न लगाएका जनाइएको छ ।