२३ जेठ २०८३, शनिबार

शिवभक्त हुन् भारतकी राष्ट्रपति, साउने सोमवार लिइन् शपथ

साउन ९, २०७९
शिवभक्त हुन् भारतकी राष्ट्रपति, साउने सोमवार लिइन् शपथ

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मू शिवभक्त हुन् ।

राष्ट्रपति चुनावमा उम्मेदवारी दिएपछि मुर्मूले उडिसाको रायरंगपुरको एक शिव मन्दिरमा कुचो लगाएकी थिइन् । 

साउने सोमवारकोे दिन आज उनले राष्ट्रपति पदको शपथ लिइन् । 

उनकी नातिनी सुनिता माझीका अनुसार, द्रौपदी बिहान ३ देखि ४ बजेको बीचमा उठ्छिन् । उनी मर्निङ वाक गर्छिन् अनि योग गर्छिन् । शिवजीको पूजा गर्न उनी कहिले पनि चुक्दिनन् । 

सन् २०१३ मा जेठो छोरोको मृत्युपछि उनलाई डिप्रेसन भएको थियो । त्यसबाट उम्किनका लागि उनले अध्यात्मलाई सहारा बनाइन् र शिवभक्त बनिन् । 

त्यसपछि उनले मांसाहार पनि त्यागिन् । अहिले त उनी लसुन प्याज पनि खाँदिनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्