२९ असार २०८३, सोमबार

सिंहदरबारमा छलफलपछि वामदेव गौतमको प्रतिक्रिया : अबको हाम्रो नेता प्रचण्ड

सिंहदरबारमा छलफलपछि वामदेव गौतमको प्रतिक्रिया : अबको हाम्रो नेता प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सोमवार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा २ नेताबीच भेट भएको प्रचण्डको सचिवालयले बताएको छ । 

प्रचण्ड र गौतम बीचको भेटमा समाजवादी केन्द्रको एकता संयोजन समिति बनाउने विषयमा छलफल भएको बताइएको छ । 

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एकता राष्ट्रिय अभियान र डा. बाबुराम भट्टराईको टीमलाई मिलाएर समाजवादी केन्द्र बनाउनेबारे नेताहरू जोडतोडले जुटेका छन् । 

छलफल सकेर बाहिरिने क्रममा गौतमले आफूहरूको नेता प्रचण्ड भएको भन्दै बाँकी कुरा उनैलाई सोध्न पत्रकारलाई भनेका छन् । 

समाजवादी केन्द्रको एकता संयोजन समितिको संयोजक पनि प्रचण्डलाई नै बनाउन लागेको संकेत गौतमले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्