२३ जेठ २०८३, शनिबार

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, 'अमेजिङ नेपाल'शीर्षकमा फोटो प्रदर्शनी

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, 'अमेजिङ नेपाल'शीर्षकमा फोटो प्रदर्शनी

राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सोमवार बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । 

उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले सोमवार ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गरेका छन् । 

उनीहरूले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आव्हान समेत गरेका थिए । 

अमेजिङ नेपाल नाम दिएर सोमवार आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीरहरू प्रदर्शन गरिएको थियो । 

समुहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिए ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगलादेश फोटो जर्नालिष्ट एसोसिएसनसँगको समन्वयमा उक्त कार्यक्रम गरेको हो  ।

उक्त समारोहमा बंगलादेश फोटो जर्नालिष्ट एसोसिएसन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेनलगायतका पत्रकारहरूको उल्लेख्य सहभागिता थियो । 

कार्यक्रममा अध्यक्ष हैदरले नेपाल र बंगलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताए । उनले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा जोड दिए । 

नेपालको राष्ट्रिय फोटो पत्रकार समुह र बंगदालेश फोटो जर्नालिष्ट एसोसिएसनबीच २०औँ वर्षदेखि भाइचारा सम्बन्ध कायम रहेको र सामुहिक रुपमा विभिन्न कार्यक्रहरू आयोजना हुँदै आएको छ । 

समूहको रजतमहोत्सवका अबसरमा समुहले वर्षभरी नै विभिन्न कार्यक्रम गर्नै अध्यक्ष वन्तले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्