![यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/tarkari2019-12-06-07-27-37_REung1iFIU.jpeg)
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।
बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५८ रुपैयाँदेखि ६० रुपैयाँसम्म कायम गरिएको छ ।
रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ ।
यस्तै सुकेको प्याज (भारतीय) ३६ देखि ३८ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।
कागती प्रति किलो १२० रुपैयाँदेखि १५० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
कुरिलो प्रतिकिलो ३५० रुपैयाँदेखि ४०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची


