२६ जेठ २०८३, मंगलबार

‘रहस्यमयी ग्रह पृथिवीसँग ठोक्किन तयार, विध्वंसकाे खतरा !’

कात्तिक २०, २०७४
‘रहस्यमयी ग्रह पृथिवीसँग ठोक्किन तयार, विध्वंसकाे खतरा !’
काठमाडौं, २० पुस — रहस्यमयी ग्रह निबुरु पृथिवीतर्फ हुर्रिंदै आएको र आगामी अक्टोबर महिनामा ठोक्किने लेखक डेभिड मीडले दाबी गरेका छन् ।


यसरी ग्रह ठोक्किँदा पृथिवीको सबै जीवन नष्ट हुने उनको दाबी छ ।

आफ्नो दाबीका पछाडि थुप्रै प्रमाणहरू रहेको उनले बताए । यसैकारण ज्वालामुखी विस्फोट, भूकम्प, जमिनमा भ्वाङ र आँधीतूफानको संख्या बढेको उनको भनाइ छ ।

धनीमानीहरूले आफू बाँच्नका लागि जमिनमुनि सुरक्षित बंकरहरू बनाइरहेको उनले लेखेका छन् ।

आफ्नो पुस्तक ‘प्लानेट एक्स — द २०१७ अराइभल’ मा उनका दाबी छापिएका छन् ।

तर मीडको दाबीलाई वैज्ञानिकहरूले पुष्टि गरेका छैनन् ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले निबुरु लगायतका ग्रहहरू बकवास भएको बताएको छ । इन्टरनेटमा मात्र यस्ता कुरा हुने बताउँदै निबुरु जस्ता कुरा अस्तित्वमा नरहेको नासाको दाबी छ ।

मिरर युके

salt training

कमेन्ट गर्नुहोस्