
नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन सुन प्रति तोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।