
सुनसरीको धरान नगरबासीले यसपालिको तिहारमा सयपत्री फूल आयात नगर्ने भएको छ । मेयर हर्क साम्पाङले यसपालिको तिहारमा धरानका जनताले अन्तबाट फूल आयात नगर्ने घोषणा गरेका हुन् ।
उनले धरान नगरवासीलाई आफैँले फूल रोपेर तिहारमा आयात नगर्ने योजनासमेत सार्वजनिक गरेका छन् । यसअघि सार्वजनिक जग्गामा फलफूलको विरुवा रोप्ने अभियान चलाएका उनले फूल रोप्ने अभियान सञ्चालन गर्ने उद्घोषण गरेका छन् ।
उनले आफ्नो फेसबुक पेजमार्फत फूल रोप्ने कार्यक्रममा सहभागी हुन नगरवासीलाई आह्वान पनि गरेका छन् । उनले लेखेको छन्, ‘यसपालिको तिहारमा धरानले बाहिरबाट सयपत्री फूल भित्र्याएर चाड नमनाओस् ! आफ्नै खोला–खोल्सीमा फूलेका फूल प्रयोग गरोस् । १४ गते ७ बजे सयपत्रीको विरुवा लिएर निशाने पाखैभरि देखा पर्नु होला ।’
उनले निशाने डाँडाको सार्वजनिक जग्गामा साउन १४ गते फूल राप्ने कार्यक्रम तय गरिएको जानकारी दिएका छन् ।