
भारतका १४औं राष्ट्रपति रामनाथ कोविन्द राष्ट्रपति भवनबाट बिदा भएका छन् । नयाँ राष्ट्रपति निर्वाचित भएसँगै उनी बिदा भएका हुन् ।
उनले बाँकी जीवन राजधानी नयाँदिल्लीमै सरकारी सुविधामा बिताउनेछन् । उनलाई राष्ट्रपति परिलब्धि तथा पेन्सन अधिनियम १९५१ अनुसार उच्चस्तरीय सुविधा पाइनेछन् ।
पूर्व राष्ट्रपति कोविन्दले मासिक पेन्सन ४ लाख रुपैयाँ पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले १ निजी सचिव, १ अतिरिक्त निजी सचिव, १ निजी सहायकर २ परिचर पाउने भएका छन् । उनलाई वार्षिक १ लाख रुपैयाँ कार्यालय खर्च समेत मिल्नेछ ।
पूर्व राष्ट्रपतिले निःशुल्क उपचार पाउनेछन् भने हवाई, रेल यात्रामा उच्चस्तरीय सम्मान पाउनेछन् । उनलाई कार र मोबाइल समेत सरकारले उपलब्ध गराउने छ ।