
कोभिड १९ को संक्रमणदर बढ्दै गएको भन्दै संसदको बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न सभामुखअ अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले संसदमा आउँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्न आग्रह गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा सांसदहरूले मंकीपक्स, कोभिड र हैजाको संक्रमण फैलिन नदिन सरकारको ध्यानाकर्षण गराएका थिए ।