
भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीले विपक्षी दल कांग्रेसको युवा संगठनका राष्ट्रिय अध्यक्ष श्रीनिवास बीभीको कपाल भुत्ल्याएको भिडियो सार्वजनिक भएको छ ।
पार्टी अध्यक्ष सोनिया गान्धीलाई सम्पत्ति शुद्धीकरणको आरोपमा इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी) ले लगातार सोधपुछ गरिरहेकोमा श्रीनिवासले त्यसको विरोध गरेका थिए । उनलाई केही हप्ताअघि पनि विरोधका क्रममा प्रहरीले लछारपछार गरेको थियो ।
कांग्रेस पार्टीले आफ्नो ट्विटर ह्यान्डलमा श्रीनिवासमाथि प्रहरीले गरेको व्यवहारको भिडियो राखेको हो ।
#WATCH | Delhi Police personnel seen pulling the hair of National President of Indian Youth Congress, Srinivas BV, and manhandling him earlier during the party's protest.
— The Times Of India (@timesofindia) July 26, 2022
(Source: Congress) pic.twitter.com/azuNBI8K7b