२७ जेठ २०८३, बुधबार

भुवनलाई अनमोलको बधाई, ‘सिनेमाको श्रीवृद्धिमा थप योगदान रहनेमा ढुक्क छु’

भुवनलाई अनमोलको बधाई, ‘सिनेमाको श्रीवृद्धिमा थप योगदान रहनेमा ढुक्क छु’

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका अभिनेता भुवन केसीलाई छोरा अनमोल केसीले बधाई दिएका छन् । 

अनमोलले सामाजिक सञ्जाल फेसबुकमा बुबा भुवनसँगको बाल्यकालका तस्वीरहरू पोष्ट गर्दै नेपाली चलचित्रको श्रीवृद्धिमा थप योगदान रहनेमा विश्वास ब्यक्त गरेका छन् ।

‘बाटो हिंड्ने मान्छेभन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईं लगायत तपाईंका समकालीन हस्तीहरूका पाइलाहरू पछ्याउँदै यहाँ सम्म आई पुगेको छु’ अनमोलले लेखेका छन्, ‘आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा, धेरै–धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केसी अहिले १० बजे बोर्ड प्रवेश गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्