२३ असार २०८३, मंगलबार

बोरिस जोनसनलाई नेटो महासचिव बनाउने पहल

साउन ११, २०७९
बोरिस जोनसनलाई नेटो महासचिव बनाउने पहल

बेलायतको कन्जर्भेटिभ पार्टीका वरिष्ठ सदस्यहरूले पदमुक्त हुन लागेको प्रधानमन्त्री बोरिस जोनसनलाई नेटोको महासचिव बनाउन पहल थालेको द टेलिग्राफ पत्रिकाले खबर दिएको छ । 

बहालवाला महासचिव जेन्स स्टोल्टनबर्गले सन् २०२३ को सेप्टेम्बर महिनामा पद छोड्ने अपेक्षा गरिएको छ । उनको स्थानमा जोनसन जान सक्ने सम्भावना छ । 

द टेलिग्राफका अनुसार, तीन वर्ष प्रधानमन्त्री पद चलाएका जोनसनलाई आफ्नो ब्याट्री रिचार्ज गर्न केही समय लाग्ने एक वर्षको अवधि त्यसका लागि पर्याप्त हुने द टेलिग्राफ लेख्छ ।

विवादै विवादले घेरिएपछि ५८ वर्षीय जोनसनले जुलाई महिनाको आरम्भतिर कन्जर्भेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिएका थिए । उनी सेप्टेम्बर ६ सम्म प्रधानमन्त्री रहिरहनेछन् । 

नेटोको महासचिव सबै नेटो सदस्यले सर्वसम्मत रूपमा नियुक्त गर्छन् । युक्रेनको समर्थन गर्दै रुसविरुद्ध कठोर अडान लिएकाले जोनसन नेटोको महासचिव बन्ने प्रबल सम्भावना रहेको बताइन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्