०४ साउन २०८३, सोमबार

एक वर्षमा मुलुकलाई एनसेलको ५२ अर्ब योगदान, ५ वर्षमा तिर्‍यो १ खर्ब ४४ अर्ब कर

एक वर्षमा मुलुकलाई एनसेलको ५२ अर्ब योगदान, ५ वर्षमा तिर्‍यो १ खर्ब ४४ अर्ब कर

नेपालको पहिलो निजी टेलिकम्युनिकेसन सेवाप्रदायक कम्पनी एनसेलले आर्थिक वर्ष २०७७/०७८ मा मुलुकका लागि झण्डै साढे ५२ अर्ब रुपैयाँ बराबरको योगदान गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा नेपालको अर्थतन्त्रमा ५२ अर्ब ३७ करोड रुपैयाँ योगदान गरेको नेसनल कन्ट्रिब्युसन रिपोर्टमा उल्लेख छ ।

एनसेलका कारोबारहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ३८ अर्ब ८७ करोड रुपैयाँको योगदान गरेको कम्पनीको दाबी छ । 

त्यस्तै उसका पूँजी लगानीहरूले ४ अर्ब ७८ करोड रुपैयाँको योगदान गरेको रिपोर्टमा उल्लेख छ । 

आर्थिक वर्ष २०७७/०७८ मा एनसेलले सरकारलाई २१ अर्ब ७५ करोड रुपैयाँ कर तिरेको जनाएको छ । नेपाल सरकारले उठाउने कुल राजस्वको २.५ प्रतिशत एनसेल एक्लैले योगदान गरेको कम्पनीको तथ्यांक छ । 

विगत पाँच वर्षमा मात्र एनसेलले १ खर्ब ४४ अर्ब रुपैयाँ कर तिरेको बताएको छ । नेपालमा सबभन्दा बढी कर तिर्ने कम्पनीहरूको सूचीमा एनसेल शीर्ष ५ भित्र पर्छ । 

सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले ललितपुरमा विकास गरेको हरियाली

एनसेलले विगतमा मुलुकको अर्थतन्त्रमा यसभन्दा पनि बढी योगदान गरेको थियो । विगत पाँच वर्षको तथ्यांक हेर्दा एनसेलले गरेको योगदानमा कमी आएको देखिएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा एनसेलले ८१ अर्ब २१ करोड रुपैयाँको योगदान दिएकोमा आर्थिक वर्ष २०७७/०७८ मा त्यो घटेर ५२ अर्ब ३७ करोडमा झरेको छ ।

यस अवधिमा एनसेलले देशको कुल गार्हस्थ्य उत्पादनमा गरेको योगदान ३ प्रतिशतबाट १.४ प्रतिशतमा झरेको हो । 

नाफामा कमी तथा मोबाइल प्रयोगकर्ताहरूको संख्यामा भएको सुस्त वृद्धिका कारण यो गिरावट देखिएको एनसेलको भनाइ छ । 

यस कमीका बावजूद राष्ट्रको अर्थतन्त्रमा एनसेलले भरपूर योगदान गरिरहेको उसका तथ्यांकहरूले देखाउँछन् । नेपालीलाई रोजगारी दिने सवालमा एनसेलले आफूलाई अब्बल दर्जाको कम्पनीका रूपमा उभ्याएको पाइन्छ । 

नेसनल कन्ट्रिब्युसन रिपोर्टमा उल्लेख भएअनुसार, आर्थिक वर्ष २०७७/०७८मा एनसेलले ५३८ जनालाई रोजगारी दिएको थियो । नयाँ कुल कर्मचारीमध्ये ९८ प्रतिशत नेपाली हुन् ।   

त्यसबाहेक उक्त आर्थिक वर्षमा एनसेलले आफ्ना सेवासुविधा तथा पूँजी लगानीमार्फत २४ हजार ९४१ रोजगारीका लागि सहायता दिएको दाबी गरेको छ ।

कम्पनीका अनुसार, त्यसक्रममा ५३८ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ भने १६ हजार ५९९ जनालाई अप्रत्यक्ष रोजगारी दिइएको छ । 

त्यस्तै एनसेलको पूँजी लगानीले ७ हजार ८०४ रोजगारीका लागि सहयोग गरेको बताइएको छ । 

विगत पाँच वर्षमा एनसेलले ४६ अर्ब ३९ करोड रुपैयाँ कुल पूँजी लगानी गरेको जनाएको छ । पूँजी लगानीले कम्पनीको प्रतिस्पर्धात्मकता बढाउन तथा देशको अर्थतन्त्रमा योगदान गर्न उल्लेख भूमिका खेलेको एनसेलको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्