१३ असार २०८३, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘चार्टर्ड फ्लाइट’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘चार्टर्ड फ्लाइट’

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट ‘चार्टर्ड फ्लाइट’ आएको छ । 

व्यापारिक प्रयोजनका लागि केही यात्रु मात्रै बोकेर नेपाल आएको विमान काठमाडौं हुँदै बुधवार भैरहवा आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि प्राइभेट विमान बुधवार दिउँसो सवा १ बजे भैरहवा विमानस्थलमा अवतरण भएको जनाइएको छ । विमान ५ दिन भैरहवा नै रहने छ ।

व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडौंमै अवतरण गराएर भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

भैरहवाबाट  विमान १ अगस्टमा काठमाडौं जानेछ । काठमाडौं हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका रहेको छ । विमानमा २ सेट प्राविधिक रहेका छन् ।

यो एचएआई ४९९ कलसाइनको विमान हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान मात्रै हुँदै आएका थिए । 
वैशाख २८ गते पहिलो चार्टर्ड विमान भारतबाट सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमानबाट आएको थियो । जेठ २ गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले ३ उडान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्