×

X
Dabur
Nic Asia
Marvel

नेपाली उद्योगको प्रेरणादायी सफलता

पीरो चाउचाउको सफलताको कथा– कोरियन ब्रान्डलाई विस्थापित गरी नेपाली जिब्रोको रोजाइमा

बुटवल | साउन ११, २०७९

TVS INSIDE

नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

मुलुकका ग्रामीण भेगमा उत्पादित अकबरे (डल्ले) खुर्सानीको प्रयोग गरिएको स्पाइसी चाउचाउ रूपन्देहीको यशोदा फूड्स प्रालिले बजारमा ल्याएको हो । नयाँ स्वादको चाउचाउ युवा पुस्ताको जिब्रोमा गढेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

नेपाली चाउचाउ ‘कल्चर’मा युवा पुस्तामाझ लोकप्रिय करेन्ट चाउचाउको २ वटा उत्पादन ‘करेन्ट हट एण्ड स्पाइसी’ र ‘टू एक्सएक्स’ (डबल पीरो) ले पीरो चाउचाउको बजारमा एकलौटी ‘राज’ गरिरहेको छ भन्दा पनि फरक पर्दैन । 

पीरो चाउचाउ अहिले खाजा मात्र नभई खानाकै रूपमा समेत कतिपयले प्रयोग गर्न थालेका उद्योगका सञ्चालक बताउँछन् । यसको ‘रिटेल’ मूल्य ५० रूपैयाँ छ । १८० रूपैयाँ पर्ने कोरियन पीरो (रामेन) चाउचाउ खाने नेपालीले सस्तो ५० रूपैयाँमा स्वदेशमै उत्पादित चाउचाउ खाँदै कोरियनलाई ‘हट एण्ड स्पाइसी’ले विस्थापित गर्न सफल भएको छ ।  

Vianet communication
Maruti inside

रूपन्देहीका ६ जना उद्योगीले बजारमा ल्याएको चाउचाउको उद्योग तिलोत्तमा पत्थरडाँडाको सिद्धार्थ राजमार्गको छेउमै छ । विशाल क्षेत्रमा फैलिएको यशोदा फूड्सले पीरो चाउचाउ ल्याउनुअघि लाली, करेन्ट, जुप्पी, कालिज, गोलु, ओप्पो लगायतका चाउचाउ पस्किँदै आएको थियो । यशोदा फूड्स चाउचाउका सञ्चालक चुन्नु पौडेल, मधु घिमिरे, कमल मालपानी, नरिश्वर पौडेल, श्रवण बेरिवाल, मधु घिमिरे र ऋषि भण्डारी हुन् ।

यशोदा फूड्स प्रोडक्सका सञ्चालक चुन्नु पौडेलले किशोर र युवाको पहिलो रोजाइँमा पीरो चाउचाउ परिसकेको दाबी गरे । ‘चाउचाउमा हामीले सोचेभन्दा छोटो समयमै सफल भइयो,’ सञ्चालक पौडेल भन्छन्, ‘१५–४० वर्ष उमेर समूहका युवा पुस्ताले यहीँ चाउचाउ खोजीखोजी खाइरहेको छ । हामीले बजारको माग थेग्न सक्ने अवस्था छैन ।’

पीरो ब्राण्ड चाउचाउले कोरियन बजारको पुरानो रामेनलाई नेपालबाट विस्थापित गर्दै विश्व बजारमा समेत आफ्नो हिस्सा विस्तार गरेको चुन्नुको भनाइ छ । भारतदेखि युरोप हुँदै अमेरिकी बजारमा प्रवेश गरेको १ वर्ष नपुग्दै ‘हट’ चाउचाउले पुरानो ब्राण्ड रामेनलाई अन्तर्राष्ट्रिय बजारमा पनि उछिन्ने दौडमा छ । अहिले यो चाउचाउ दैनिक ५ हजार कार्टुन अर्थात् १ लाख प्याकेट उत्पादन भइरहेको छ, जुन बजार मागभन्दा कम रहेको चुन्नु बताउँछन् । चाउचाउको अहिलेको बजार माग दैनिक १ लाख २० हजारभन्दा बढी छ । 

नेपालका सबैजसो जिल्लासँगै युरोपदेखि अमेरिकासम्म दर्जनौं देशमा चाउचाउ पुगेको छ । यसको बढी माग अहिले नेपालका प्रमुख शहर, काठमाडौं, नारायणगढ, पोखरा, सिमरा, धरान, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, सुर्खेत र जुम्लामा छ ।
 
नेपालमा कोरियन पीरो चाउचाउ विगत ८–१० वर्ष अगाडिदेखि आउँथ्यो । १२० ग्राम कोरियन चाउचाउको मूल्य १८० रूपैयाँ पर्थ्यो । रूपन्देहीका ठूला उद्योगीहरू कमल मालपानी, चुन्नु नरिश्वर लगायतका उद्योगीले छलफल गरे, ‘यति महंगोमा कोरियन चाउचाउ खाने रहेछन् नेपालीले, हामीले नेपालमै उत्पादन गरे कसो होला ?’ छलफल गर्दै स्थानीयस्तरमै पीरो चाउचाउ उत्पादन गर्ने योजना बनाए । ६ महिनामै धेरै अध्ययन गर्ने विज्ञहरू झिकाए । नेपालमा यति धेरै चाउचाउ उद्योग भए पनि पीरो चाउचाउमा कसैको ध्यान नगएको ३ वर्ष अगाडिको अवस्था बताउँछन् चुन्नु ।

लाली, करेन्टसँगै यशोदा फूड्सले २ वर्ष अगाडिदेखि पीरो चाउचाउ उत्पादन थालेको थियो । पीरो चाउचाउ १२० ग्रामको छ । ‘हामीले ल्याएको नयाँ अवधारणा चौधरी ग्रूपले पनि ल्याउन सकेको रहेनछ । हामी सोचेभन्दा बढी सफल भएका छौं । बजार माग धान्न नसक्ने अवस्था भएपछि अबको केही महिनाभित्र कपिलवस्तुको चन्द्रौटामा ‘प्लान्ट’ थप्दैछौं,’ चुन्नु भन्छन्, ‘त्यसका लागि जग्गा खरिद गरी संरचना निर्माण र मशिन ल्याउन प्रक्रिया समेत अगाडि बढिसकेको छ ।’ पौडेलले पीरो चाउचाउको सफलतासँगै अब मसरुम चाउचाउ पनि बजारमा ल्याउने योजना रहेको बताए ।

पीरो चाउचाउ अहिले अमेरिया, अस्ट्रेलिया, क्यानेडा, पोल्याण्ड, मलेसिया, यूएई, भारत लगायतका दर्जन देशमा गइरहेको छ । विदेशबाट आएको पीरो चाउचाउ खाएका नेपाली स्थानीय उत्पादन खाँदै विदेशबाट डलर समेत भित्र्याएर देशको व्यापार घाटामा कम गराउन सफल भएका छन् । चाउचाउ उद्योगका प्रबन्धक मधु घिमिरेले पीरो चाउचाउले सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको बताए ।

‘चाउचाउमा राखिने पीरो खुर्सानी नेपालमा पाउने अवस्था थिएन तर उद्योगीले विभिन्न पहाडी जिल्लामा पुगेर किसानहरूलाई १०–१० लाख रुपैयाँ अग्रिम पैसा बुझाएर अकबरे खुसानी खेती गर्न लगाए,’ उद्योगका व्यवस्थापक जीवराज जैन भन्छन्, ‘पीरो चाउचाउले गाउँमा खुर्सानी खेती थाल्ने बनायो । यो खुर्सानीको प्रयोग स्वास्थ्यका लागि पनि राम्रो छ । यो चाउचाउ खाँदा पेटको ग्यास्टिक पनि निको हुने पीरो चाउचाउका पारखीहरू बताउँदै आएका छन् ।’

पीरो चाउचाउको मात्रै वार्षिक ५ अर्ब रूपैयाँसम्मको कारोबार हुने गरेको प्रालिले जनाएको छ ।

विभिन्न जिल्लामा ‘प्लान्ट’ लगाउन खोजिएको छ । पहिलो रोजाइ कपिलवस्तु छ । जहाँबाट भारतको उत्तर प्रदेशमा बढी निर्यात गर्न सकिने सञ्चालयको लक्ष्य छ । नेपालगञ्जदेखि अन्य शहरमा पनि बजार राम्रो हुँदै गए चाउचाउका लागि अन्य शहरहरू पनि रोजाइँमा पर्नेछन्, जसले नेपाल–भारतका विभिन्न शहरलाई समेट्न सक्छ ।

नेपालमा सडक पहुँच पुगेका/नपुगेका सबै ठाउँमा पीरोसँगै लाली, करेन्ट अन्य उत्पादनहरू पनि पुगेका छन् । ‘हाम्रा चाउचाउले विदेशी चाउचाउको आयात प्रतिस्थापन गरेको छ । चाउचाउमा प्रयोग हुने ९० प्रतिशत कच्चा पदार्थ नेपालमा अग्र्यानिक तरिकाले उत्पादन हुन्छन्,’ व्यवस्थापक जैन भन्छन् । 

चाउचाउमा प्रयोग भएको खुर्सानी गुणस्तरीय र स्वास्थ्यका लागि हानी नहोस् भनेर स्वदेशकै प्रयोग गरिएको छ । पूर्वका विभिन्न जिल्लामा अकबरे खुर्सानी उत्पादन र संकलन गरेर चाउचाउका लागि प्रयोग भएको छ । ‘चाउचाउमा प्रयोग गरिएको पीरो धेरै भए पनि स्वास्थ्यलाई कुनै असर गर्दैन,’ अर्का सञ्चालक नरिश्वर पौडेल भन्छन्, ‘यो पीरो खाँदा मात्रा पीरो स्वाद हो । स्वास्थ्यलाई असर गर्दैन ।’

अकबरे खुर्सानीमा धेरै तत्वहरू हुने र त्यसले स्वास्थलाई राम्रो हुने उनको तर्क छ । बजारमा पठाउँदा पनि ल्याब टेस्ट गरेर मात्र पठाउने गरिएको छ । चाउचाउमा प्रयोग हुने मसला पनि यशोदा फूड्सकै हो । 

‘बाटो त आफैंले बनाउनुपर्छ । अरूले बनाएको बाटोमा त जो पनि सजिलै हिँड्छ,’ नरिश्वर भन्छन्, ‘हाम्रो लडाइँ अहिले गुणस्तरमै छ । जब उपभोक्ताले मन पराउँछ भने कसैले रोकेर रोकिन्न ।’

नपकाई काँचै खान पनि सकिने हुँदा यात्रा गर्दा होस् या विद्यालय, कार्यालय चाउचाउका प्याकेट झोलामा बोक्ने धेरै हुन्छन् । गरीबदेखि धनी र बच्चादेखि वृद्धासम्मले प्रयोग गर्ने चाउचाउको प्रतिप्याकेट पर्ने मूल्यले धेरै महत्त्व राखेको हुन्छ, नेपालीको खाजा चाउचाउ नै हो भन्दा फरक पर्दैन । जिब्रोलाई स्वादिलो, पकाउन छिटो र मूल्य पनि सस्तो भएकै कारण उच्च घरानादेखि गरीबको भान्सामा पनि चाउचाउ खाजामा प्रयोग हुन्छ ।

बुटवलकी बिन्दु पोखरेल पीरो चाउचाउकी पारखी हुन् । उनी दिनदिनै पीरो चाउचाउ खान्छिन् । ‘स्वादिलो, छिटो, मिठो, ट्वाक्क पीरो भएपछि प्रायः सधैं मेरो खाजा चाउचाउ हुन्छ,’ उनी भन्छिन् ।

नेपालीले अहिले दैनिक ४० लाख प्याकेट चाउचाउ खाने गरेको विभिन्न अध्ययनबाट देखिएको छ । नेपालमा चाउचाउको शुरूआत विक्रम संवत् २०३८ सालदेखि पोखराबाट रारा ब्राण्डले गरेको थियो । नेपाल धेरै चाउचाउ खाने विश्वका १० देशभित्र पर्ने गर्छ ।

TATA Below
NLIC
साउन २५, २०७९

देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुल समेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग २ वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्...

साउन २६, २०७९

विद्युत् वितरण तथा प्रसारणका लागि महत्त्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल ७५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गर...

साउन २३, २०७९

धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईं बिहान ६ बजे फोहर संकलनका लागि निस्कन्छन् । विगत ३ वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथि...

साउन २७, २०७९

धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रह...

साउन २०, २०७९

काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...

साउन १४, २०७९

जनयुद्धकी छापामार (लडाकु) दिलकुमारी रोकामगर विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलामध्येकी एक हुन् । हतियार बिसाएर कृषि कर्ममा होमिएकी रोकामगरलाई च्याउ खेतीले अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । सिद्धार्थ र...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x