२५ जेठ २०८३, सोमबार

सवारीसाधन सम्बन्धी व्यवस्था संशोधनको मागसहित मन्त्रीलाई ज्ञापनपत्र

सवारीसाधन सम्बन्धी व्यवस्था संशोधनको मागसहित मन्त्रीलाई ज्ञापनपत्र

नेपाल चेम्बर्स अफ कमर्स गण्डकीले गण्डकी प्रदेशका भौतिक, पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई ज्ञापनपत्र बुझाएको छ ।

यातायात व्यवस्थाले सवारीसाधनको नवीकरण र जरिवानाबापत चर्काे शुल्क लिइएको भन्दै संशोधनको मागसहित बुधवार मन्त्री खड्कालाई चेम्बर्स अफ गण्डकीका अध्यक्ष किसान सुनार नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

आर्थिक ऐनमा स्पष्ट व्यवस्था उल्लेख नगरिकन चर्काे शुल्क असुल्ने निर्णय नागरिकको हितविपरीत भएको भन्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष सुनारले बताए । सो व्यवस्था संशोधन हुने विश्वास व्यक्त गर्दै उनले नागरिक र सेवाग्राहीको हितविपरीत गरिएको निर्णय सच्याइनुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले सो व्यवस्था संशोधनका लागि पत्राचार गरिसकेको बताउँदै मन्त्रिपरिषद्को बैठकबाट संशोधन गरिने धारणा राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्