२८ असार २०८३, आइतबार

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपाल बैंक लिमिटेड र एनसेल एक्जियाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंकको प्रधान कार्यालय काठमाडौंमा मंगलवार सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्जियाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त हस्ताक्षर गरेका छन् । 

यो सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकलाई एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । 

बैंकका अनुसार, अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।  
 

salt training

कमेन्ट गर्नुहोस्