२५ जेठ २०८३, सोमबार

टाटा नेक्सन ईभीले नेपाली बजारमा पार गर्‍यो पहिलो वर्ष

टाटा नेक्सन ईभीले नेपाली बजारमा पार गर्‍यो पहिलो वर्ष

सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ भएको पहिलो वर्ष बुधवार पूरा गरेको छ । 

यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो । 

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो । 

एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । 

मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको छ ।

यो उल्लेखनीय  सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन् । 

यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ ।

‘फास्ट चार्जिङ्ग’ र ‘स्लो चार्जिङ्ग’ दुवैको लागि चार्जिङ्ग स्टेसनको बृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको कम्पनीले जनाएको छ ।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप – ‘इजी’ एप–मार्फत चार्ज गर्न सकिन्छ ।  यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेको कम्पनीले जनाएको छ ।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको जनाएको छ । 

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।

नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ । 

यस्ता कार्यक्रमहरुले उनीहरुको   यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने विश्वास राखेको कम्पनील जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्