
रुसी सेनाले युक्रेनको नीप्रोपेट्रोभ्स्क क्षेत्रमा रहेको हातहतियार भण्डारलाई तारो बनाएर अमेरिकाले दिएको १०० वटा हिमार्स रकेट ध्वस्त पारेको दाबी रुसको रक्षा मन्त्रालयले गरेको छ ।
मस्कोले अमेरिकी हतियारलाई विशेषगरी तारो बनाइरहेको खबर सोमवार मात्र आएकोमा यो पछिल्लो आक्रमण गरिएको हो । पश्चिमी युक्रेनमा भारी आर्टिलरीलाई पनि समुद्रमा राखिएको लामो दूरीको हतियार उपयोग गरी ध्वस्त पारिएको रुसको दाबी छ ।
रुससँग युक्रेनको द्वन्द्वमा अमेरिकाले युक्रेनलाई व्यापक हातहतियार उपलब्ध गराइरहेको छ । जुलाई २२ मा अमेरिकाले १६ हिमार्स प्रणाली पठाएको थियो भने बेलायतले थप तीन लोन्चरहरू उपलब्ध गराएको थियो ।