०५ साउन २०८३, मंगलबार

नागरिकता विधेयकले संगठित अपराध बढ्छः खिमलाल देवकोटा

नागरिकता विधेयकले संगठित अपराध बढ्छः खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकता सम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै उनले विधेयकमा वैवाहिक अंगीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए । 

उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे । ‘२०७५ सालमा ल्याइएको विधेयकमा विवाह पछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था थियो । यस्तो व्यवस्था विधेयकबाट हटाउनु दुर्भाग्यपूर्ण छ’, उनले भने, भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने हामी ६ महिना पनि कुर्न सकेनौँ ।’ 

उनले पुग–नपुग ३ करोड पनि जनसंख्या नभएको नेपालमा ३ सय करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको अति नै सानो अंश यता–उता गर्दा नेपालको हालत के होला ? भनी प्रश्न गरे । उनले यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध बढ्ने बताए । सांसद देवकोटाले भने, ‘भारतीय ठग्न चिनियाँले नेपाली खटाउने शीर्षकका यसै साता प्रकाशित समाचार पढ्दा खुकुलो नागरिकताको प्रावधानको कारण नेपालमा अब झन संगठित किसिमले अपराध बढ्ने हो कि भन्ने चिन्ता पैदा भएको छ । दोहोरो नागरिकताको सम्भावना त छँदैछ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्