
प्रेमलाई सफल बनाउन युवायुवतीले के–के गर्छन् ? भारतको बिहारमा प्रेमीले प्रेमिकालाई पाउन २ पटक विवाह भाँडेको पाइएको छ ।
युवतीका परिवारले नमानेर अन्तै विवाह गरिदिन खोजेका बेला पानापुरको ठाकुरबाडी मन्दिरमा प्रेमी निरज र प्रेमिका बबिताको विवाह गरिएको छ ।
प्रेमिकाका परिवारले अरुसँग नै बबिताको विवाह गरिदिन खोजेका थिए । तर निरजले विभिन्न उपाय निकालेर विवाह भाँडिदिने गरेका थिए ।
निरजको चालबाजीसामु थाकेका युवतीका परिवारले अन्ततः प्रेमी–प्रेमिकाकै विवाह गरिदिएका छन् । ठिक्क परेको विवाह स्थगित हुन थालेपछि युवतीका आफन्त पञ्चायतमा पुगेका थिए । पञ्चायतले दुवैको विवाह गराउने निर्णय सुनाएको थियो ।
पञ्चायतको निर्णयपछि ठाकुरबाडी मन्दिरमा स्थानीयको उपस्थितिमा दुवैको विवाह भएको छ ।