०४ असार २०८३, बिहीबार

चालकले लागुऔषध प्रयोग गरे–नगरेको परीक्षण गर्दै ट्राफिक प्रहरी

चालकले लागुऔषध प्रयोग गरे–नगरेको परीक्षण गर्दै ट्राफिक प्रहरी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकले लागुऔषध प्रयोग गरे–नगरेको विषयमा परीक्षण थालेको छ । सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाए–नचलाएको सम्बन्धमा प्राविधिकसहितको टोली परीक्षण थालेको हो । 

‘टीएचसी किट’को प्रयोग गरी चेकजाँच थालिएको ट्राफिक प्रहरीले जनाएको छ । बुधवार राति काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरूले स्वास्थ्य परीक्षण गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

चालकले लागुऔषध प्रयोग गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले परीक्षणको काम थालिएको उनले बताए । उपत्यकाका विभिन्न स्थानमा टीएचसी किट मार्फत लागुऔषध प्रयोग गरे नगरेको बारेमा परीक्षण अभियान सञ्चालन गर्ने ट्राफिक प्रहरीको तयारी छ ।  

salt training

कमेन्ट गर्नुहोस्