भदौ २२, २०८०
सामान्य रुपमा मुलुकको सार्वजनिक प्रशासन सञ्चालन गर्ने स्थायी संयन्त्रका रूपमा स्थापित राष्ट्रसेवकहरूको समष्टिगत संरचनालाई निजामति सेवा भनिन्छ । खुला एवं आन्तरिक प्रतिस्पर्धाबाट छानिएर आएका विशिष्ट ज्ञान, सीप र क्षमता ...
परापूर्वकालदेखि चल्दै आएको हाम्रो काठे खस परिकार दूधरोटी, दालरोटी र पानीरोटी अब लगभग लोप नै भए जत्तिकै छ । किनकि नयाँ पुस्तालाई यी परिकारका विषयमा सोध्ने हो भने पूर्ण रूपमा अनभिज्ञ नै छन् ।
सबैको भान्सामा पाक्ने भए पो उनीहरूले पनि देख्थे, स्वाद पाउँथे र त्यसका विषयमा जान्ने मौका पाउँथे । मुख्य त ती खानाहरू पाक्नै छोडे पछि न कसैले जान्ने मौका पाए, न स्वाद नै थाहा पाए ।
गाउँघरमा पनि यी परिकारहरू अब बिरलै पाक्न थालेका छन् । पछिल्लो पुस्ताले हाम्रो लोक परिकारलाई बिर्संदै गएको र छिटोछरितो परिकारमा बढी चाख लागेको प्रस्ट छ । सबैको मुखमा चाउचाउ, चाउमिन, मःम, डुनोट, मासुचिउरा, चटपटे, पानीपुरी बस्न थालेपछि मौलिक परिकार बिर्संदै गएको बूढापाकाहरूको भनाइ छ ।
लोक र मौलिक परिकारलाई जोगाउनुपर्छ भनी पछिल्लो समय दर्जन संस्थाहरू लागिपरेका छन् र खोज अनुसन्धानमा पनि लागेका छन् तर शहर–बजारमा खोजेर अब लोक परिकार पाउन मुस्किल छ । दुर्गम गाउँगाउँमा पुगेर सोधखोज गर्न सकेमा हाम्रा लोक खानाका अवशेष अझै भेट्न सकिन्छ । बाटोघाटो र गाडी नपुगेका स्थानमा अझै पनि लोक खानाको प्रचलन नै छ ।
जहाँ गाडी पुगे, त्यहाँ त भारतीय सस्तो चामल र चिउरा पुगिहाल्यो अनि कसले गर्ने दुःखको खेतीपाती ? कर्णालीमा सरकारले हेलिकप्टरबाट चामल खसाएर ठूलो भुल गरेको विज्ञको ठहर छ । राजधानीको चामलका कारण सुदूरपश्चिमका जिल्लामा खेतबारी बाँझै छन् ।
‘हामीले हाम्रो मौलिक, लोक खाना बच्चामा खुब खान पाइन्थ्यो तर अहिले कतै पनि देख्न पाइन्न,’ बूढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी भन्छन्, ‘यदि हामी हाम्रा बाउबाजेका यस्ता मौलिक परिकार बिर्संदै गयौं भने हामीलाई सिद्धिन कुनै टाइम लाग्दैन ।’
काठमाडौंको कपनमा अवस्थित रैथाने एग्रो प्रडक्टस् नेपालका सीईओ तिलक ढकालको पनि त्यस्तै विचार छ । ‘हामीले सधैं बाहिरकै प्रडक्ट्स प्रयोग गरिरहने हो भने हाम्रो अग्र्यानिक खाद्यान्नको बिज लोप हुने निश्चित छ,’ उनले भने, ‘हामीले हाम्रो पुर्खाले दिएका बिजको संरक्षण गर्न सकेनौं भने नयाँ पुस्ताले कुनै पनि नेपाली मौलिक लोक सामग्री र परिकार देख्न पाउँदैनन् ।’
मौलिक लोक रैथाने परिकारका विषयमा सेफ एशोसिएशनका अध्यक्ष श्याम तामाङ्ग भन्छन्, ‘अहिले हामीले सातै प्रदेशका रैथाने परिकारको खोजीमा हिँडेका छौं । अहिले मधेश प्रदेशमा काम सिध्याइसकेका छौं ।’
पूर्व अध्यक्ष रत्नबहादुर थापाको पनि उस्तै विचार छ । ‘हाम्रो लोक खाना जोगाउन सरकारी तबरबाट पनि पहल गर्नुपर्छ,’ उनले भने ।
कसरी बनाइन्छ दूधरोटी, दालरोटी र पानीरोटी ?
दूध रोटी बनाउन चाहिने सामग्रीः गहुँको आटा आधा किलो, भैसीको दूध डेढ लिटर, चिनी १ कप, मिक्स ड्राइनट्स ६० ग्राम, घ्यू ३ चम्चा, मरिचको धुलो आधा चम्चा, ताइचिन चामल आधा कप ।
दूध रोटी बनाउने विधिः बाक्लो किटको कराइ या कसौडीमा दूध र चामल हालेर उमाल्ने । एक साइडमा आटा मुछेर राख्ने । दूध र चामल उमालेको आधा घण्टापछि मुछेको आटा बेलेर चक्कुले काटेर या हातले लुछेर उम्लिरहेको दूध चामलमा हाल्दै चलाउँदै गर्ने । कत्तिले चाहिँ पहाडतिर हातले पेडासेभ दिएर पनि दूधमा खसाल्छन् ।
हातमा लपक्क लाग्ने जस्तो गरी पाक्न थालेपछि चिनी, मरिचको धुलो र घ्यूमा भुटेर मिक्स ड्राइनट्स घ्यूसहित हाल्दिने र राम्ररी चलाएर तातो या चिसो दुवै किसिमले खान सकिन्छ ।
दालरोटी बनाउन चाहिने सामग्री : जातोमा पिसेको मिक्स दाल २ कप, पिसेको अदुवा–लसुन २ चम्चा, सुकेको खुर्सानी ४ पिस, घ्यु ३ चम्चा, नून स्वाद अनुसार, हरियो खुर्सानी चप ३ पिस, बेसार पिन्च, हरियो लसुन या डन्डु सानो एक मुठा ।
दालरोटी बनाउने विधि : बाक्लो कराइ या हुन्डीमा घ्यू तताएर सुकेको खुर्सानी पड्काएपछि अदुवा–लसुन भुट्ने अनि बेसार हालेलगत्तै दाल हाले र एकछिन चलाउने । तातोपानी हाली सानो आँचमा राख्ने । पिठो मुछेर दूधरोटीमा हाले जसरी पेडा या बेलेर च्यातेर बिठो हाल्दै जाने र नून पनि स्वादअनुसार हाल्ने । पाकेपछि हरियो धनियाँ या डन्डु हालेर सर्भ गर्ने ।
पानीरोटी बनाउन चाहिने सामग्री : आटा आधा किलो, हरियो खुर्सानी ४ पिस, धनियाँ हरियो आधा मुठा, नून स्वादअनुसार, घ्यू २ चम्चा ।
पानीरोटी बनाउने विधि : थोरै धुलो आटा बाँकी राखेर नून, मसिनो गरी काटेको धनियाँ र खुर्सानी हाली मुछ्ने र छोपेर एक साइडमा राख्ने । नून हालेर २ लिटर जति पानी उमाल्ने । मुछेको पिठोको सानो–सानो पेडा बनाउने र उम्लेको पानीमा हाली १२–१५ मिनेट पकाउने । पानी तारेर आफूले चाहेको चटनी या दाल तरकारीसँग खान सकिन्छ ।
पानीरोटी कतै–कतै उम्रेको गेडागुडी, मिक्स भेजिटेबल हालेर दालरोटी जसरी पनि बनाउने गरिन्छ ।
सामान्य रुपमा मुलुकको सार्वजनिक प्रशासन सञ्चालन गर्ने स्थायी संयन्त्रका रूपमा स्थापित राष्ट्रसेवकहरूको समष्टिगत संरचनालाई निजामति सेवा भनिन्छ । खुला एवं आन्तरिक प्रतिस्पर्धाबाट छानिएर आएका विशिष्ट ज्ञान, सीप र क्षमता ...
उनकै कार्यकर्ताले मानेनन्, अझ भनौं झन् बढी उल्लंघन गरे, यो बेग्लै कुरा हो तर सरकारबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा असाध्यै राम्रो कुरा गरेका थिए २०७८ फागुन २७ गते पोखरामा । अन्य दलका क...
युवा पुस्तामा मात्र नभई पछिल्लो समय नेपालमा सबै पुस्तामा कफी पिउने संस्कृति दिनानुदिन बढ्दो छ । दूध चिया भन्ने बित्तिकै हुरुक्क हुने हामी नेपाली कफीको संस्कृतिसँगै बिस्तारै विस्थापित हुँदै गएको छ । शह...
भोजकुमारी शाहलाई चिन्न अब गाह्रो छैन । काम र साहसले पछिल्लो समय उनलाई धेरैले चिन्न थालेका छन् । किचनको कमाण्ड महिलाले सम्हाल्नु घरका लागि त कुनै ठूलो कुरा होइन तर चारतारे होटलको ‘एक्जिक्युटिभ सेफ&rs...
त्यसबेला सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुहुन्थेन भने वर्तमान नेपालको संविधान दोस्रो संविधानसभाबाट पनि जारी हुन सक्ने थिएन । पहिलो संविधानसभालाई अन्तर्राष्ट्रिय स्वार्थका कारण योजनाबद्ध रूपमा असफल गराइयो...
रैथाने परिकार प्रबर्द्धनका लागि कृषि ज्ञान केन्द्र रामेछापले बृहत् अभियान शुरू गरेको छ । केन्द्रको रामेछाप र दोलखा जिल्लामा आफ्नो कार्यक्षेत्र हेर्ने जिम्मेवारी रहेको छ । परम्परागत रूपमा चल्दै आएका पुराना मौलिक ख...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...