०४ साउन २०८३, सोमबार

चकलेट खानुका फाइदा र नोक्सानी यी हुन्

कात्तिक २०, २०७४
चकलेट खानुका फाइदा र नोक्सानी यी हुन्

काठमाडौं, १२ साउन — चकलेट खान प्रायः सबैलाई मन पर्छ । कुनै पनि शुभ अवसरमा चकलेट खाने गरिन्छ । अझ बच्चाबच्चीहरूलाई त चकलेट असाध्यै मन पर्छ । आजकल बजारमा थरीथरीका चकलेट पाइन्छन् ।


चकलेटले स्वास्थ्यलाई फाइदा पनि गर्छ अनि घाटा पनि पु–याउँछ । यहाँ हामी चकलेटका फाइदा र नोक्सानीका बारेमा बताउँदैछौं ।

डार्क चकलेट खाँदा मस्तिष्कको कार्यप्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । एक अनुसन्धान अनुसार डार्क चकलेट खाने मानिसको मनमा दुःख र अवसादका भावना कमै आउँछन् ।

चकलेट सेवनले मुटु रोग र हृदयघातका खतरालाई घटाउँछ । यसमा भएको पोटेसियम र कपरले हृदयघातको अवस्थामा मुटुको क्षमता कायम राख्छ । यसले रक्तचाप पनि कम गर्छ र धमनीलाई कठोर हुनबाट पनि रोक्छ ।

त्यस्तै डार्क चकलेटमा प्रशस्त एन्टीअक्सिडेन्ट हुनाले मुटुरोग, क्यान्सर र बुढ्यौलीसम्बन्धी रोगलाई रोक्न सहायक हुन्छ ।

महिलाहरूलाई रजस्वलाका समयमा हुने पीडामा राहत दिन्छ र तनाव कम गर्न पनि सहयोग गर्छ । गर्भवती महिलाले डार्क चकलेट खाँदा शिशुको विकास पनि राम्ररी हुन्छ ।

यो खाँदा छालामा पनि निखार आउँछ । सेक्स क्षमता पनि यसले बढाउँछ ।

चकलेटको फाइदा त बताइयो तर नोक्सानी पनि छ ।

सामान्य चकलेटमा क्याफिन जस्ता रासायनिक तत्तव पाइन्छन् । यसको प्रभावले लत लाग्छ र जतिखेर पनि चकलेट खान मन लाग्छ । बच्चाहरूलाई चकलेट खाने बानी अत्यन्तै हानिकारक हुन्छ ।

चकलेट धेर खाँदा दिमायको कार्यक्षमता प्रभावित हुन्छ र टाउको दुख्छ ।

चकलेटमा भएको कृत्रिम चिनीले मधुमेह लगाइदिन्छ ।

कुनै पनि कुरा सन्तुलनमा गरेको नै ठीक हुन्छ । त्यसैले चकलेट पनि विचार गरेर खानुपर्छ । सामान्य चकलेट खान छोडिदिनुस् र डार्क चकलेट सन्तुलन मिलाएर खाने गर्नुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्