०७ असार २०८३, आइतबार

नर्वेले युक्रेनलाई दिएको गोलीगट्ठा बेकामे

साउन १६, २०७९
नर्वेले युक्रेनलाई दिएको गोलीगट्ठा बेकामे

रुसविरुद्धको युद्धमा युक्रेनी सेनालाई नर्वेले दिएको गोलीगट्ठा बेकामे साबित भएको जर्मनीको देर स्पीगेल पत्रिकाले खबर दिएको छ । 

जर्मनीमा बनेको गेपार्ड एन्टी एयरक्राफ्ट ट्यांकका लागि नर्वेको गोलीगट्ठा काम नलागेको हो । गेपार्डका लागि जर्मनीसँग ३५ एमएमको गोलीगट्ठा नभएपछि यो हतियार प्रणाली किनेका कतार र ब्राजिल जस्ता देशसँग उसले कुरा गरेको थियो । तर नर्वेले गोलीगट्ठा उपलब्ध गराउन सक्ने बतायो । 

तर नर्वेले पठाएको गोलीगट्ठा युक्रेनमा भएको हतियार प्रणालीअनुकूल नरहेकाले प्रहार गर्न पाइएको छैन । जर्मनीमा त्यसको परीक्षण गरेर युक्रेन पठाइएको भए पनि युक्रेनमा चाहिँ त्यो नचलेको हो । 

अगस्ट महिनामा नयाँ परीक्षण गरेर गोलीगट्ठाको स्तरोन्नति गरिनेछ । 

तर यस्तो स्थितिमा युक्रेनी फौजलाई अप्ठ्यारो पर्नेछ । नयाँ परीक्षण सफल भएछ भने युक्रेनले हतियार मोडिफाइ गर्नका लागि जर्मनी पठाउनुपर्नेछ । त्यतिबेलासम्म युक्रेनीहरू हतियारविहीन हुनेछन् यद्यपि अहिले पनि उनीहरू बेकामे हतियार नै समातेर बसिरहेका छन् । 
 

कमेन्ट गर्नुहोस्