१३ असार २०८३, शनिबार

बर्दिवासमा आगलागीबाट करोडको क्षति

बर्दिवासमा आगलागीबाट करोडको क्षति
प्रतिकात्मक तस्वीर

महोत्तरीको बर्दिवास नगरपालिका–१ मुुख्यचोकमै सोमवार आगलागी भएको छ ।

व्यापारिक प्रतिष्ठान रहेको ३ तले भवनको माथिल्लो तलामा आगो सल्केको हो ।

विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 

मोहम्मद फारुकको भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा रहको छ । तलको तलामा अन्य व्यापारिक प्रतिष्ठान छन् । यद्यपि आगोले माथिल्लो तलाको जिमखानामा मात्र क्षति पुर्‍याएको छ । अभिषेक झाले सञ्चालन गरेका जिमखानाका सबै सामग्री जलेर खरानी भएका छन् ।

जिमखाना सञ्चालकलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (प्रनाउ) रवि रावलले आगलागीबाट करीब १ करोडको क्षति भएको जानकारी दिए ।

माथिल्लो तलामा धुँवा देखिएपछि ओरपरका व्यापारी र बजारु कामले चोक पुगेका सर्वसाधारणले आगो निभाउने प्रयत्न थालेका थिए । लगत्तै प्रहरी र दमकल पनि पुगेपछि १ घण्टाको निरन्तर प्रयत्नले आगो पूरै नियन्त्रण गरिएको प्रनाउ रावलले बताए ।

कमेन्ट गर्नुहोस्