
असारयता नेपालमा ३७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । असार २ गते राजधानीको बागबजारमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका १० जना रहेका छन् । कुल संक्रमितमध्ये हाल ३ जना हैजाका बिरामीको अस्पतालमा उपचार भइरहेको छ ।