०७ असार २०८३, आइतबार

सहकारीहरुलाई जिम्मेवार बनाउन आवश्यक छ : मन्त्री श्रेष्ठ

सहकारीहरुलाई जिम्मेवार बनाउन आवश्यक छ : मन्त्री श्रेष्ठ

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ । आज मन्त्रालयमा समितिको प्रतिवेदन बुभ्mदै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिइन् । 

सहकारीहरु मूल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले सहकारीहरु समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह समेत गरिन् । मन्त्री श्रेष्ठले सहकारी अभियान र आन्दोलनलाई स्थापित गर्न र सहकारीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिन्छ भन्नेमा मन्त्रालय विश्वस्त रहेको बताइन् । 

उनले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भई व्यवसायिक बनाउनु पर्नेमा जोड समेत दिइन् । 
समितिको वार्षिक प्रतिवेदन बुझाउँदै अध्यक्ष काशीराज दाहालले सहकारी संस्थाहरुमा विकृति र विसंगतिको रोकथाम र नियन्त्रणको लागि सहकारी दर्ता प्रक्रियामा नै विशेष ध्यान दिनु पर्ने बताए । 
प्रतिवेदनमा सहकारीलाई सहकारी कै रुपमा सञ्चालन नगर्दा र सहकारी सम्बन्धी ऐन कानूनको पालना नहुदा सहकारी संस्थाहरु समस्याग्रस्त हुन पुगेको औंल्याइएको छ । 

कमेन्ट गर्नुहोस्