२३ असार २०८३, मंगलबार

प्रा .डा. केसीको जीवन रक्षा गर्न आग्रह

कात्तिक २०, २०७४
प्रा .डा. केसीको जीवन रक्षा गर्न आग्रह

काठमाडौँ, १२ साउन - राष्ट्रिय मानवअधिकार आयोगले ११ औँ पटक आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग  माग गरेको छ । 

आयोगका सचिव वेद भट्टराईले आज विज्ञप्ति प्रकाशन गरी स्वास्थ्य उपभोक्ता अधिकारकै विषयलाई लिएर चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्नुभएका प्रा डा केसीको जीवन रक्षाका लागि आवश्यक पहल गर्न माग उहाँसँग नेपाल सरकारले गरेका सम्पूर्ण सम्झौताको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि तत्कालै प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह  गर्नुभएको छ ।

प्रा डा केसी यही साउन ९ गतेदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा  अनशन बस्नुभएको छ । लगातारको अनशनले उहाँको स्वास्थ्य बिगँ्रदै गइरहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्