३० जेठ २०८३, शनिबार

यी क्षेत्रमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

यी क्षेत्रमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

मंगलवार बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

आज दिउँसो तथा राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।

देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

मंगलवार राति बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्