
रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वर देवी चौधरीकी बुहारी घरेलु हिंसामा परेको भन्दै न्यायको खोजीमा प्रहरीसमक्ष पुगेकी छिन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ गंगोलियाकी वर्षाकुमारी चौधरीले श्रीमान मोहन थारूबाट आफू हिंसामा परेको भन्दै कारवाही माग गर्दै इलाका प्रहरी कार्यालय, मंगलापुरमा आइतवार निवेदन दिएकी छन् ।
इलाका प्रहरी कार्यालय, मंगलापुरका प्रहरी नायव निरीक्षक (सई) चौधरीले आफू मादक पद्धार्थ सेवन गरी कुटपिट गर्दै आएको भन्दै निवेदन दिएको जानकारी दिए ।
यता घरपरिवारले वर्षाको व्यवहार ठीक नभएको बताएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले कुटपिट भएको बताएपछि उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पठाइएको बताए ।
नगरपालिकाको उपप्रमुख पालिकास्तरीय न्यायिक समितिको संयोजक हुन्छन् ।