०२ साउन २०८३, शनिबार

हिजो राति आफ्नो घरमा रकेटबम पड्काइएको दाबीसहित सांसदले मागिन आजीवन पीएसओ

हिजो राति आफ्नो घरमा रकेटबम पड्काइएको दाबीसहित सांसदले मागिन आजीवन पीएसओ

जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले सोमवार राति आफ्नो घरमा बम पड्काइएको दाबी गरेकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद गुरुङले देशद्रोहीले आफ्नो घरमा बम पड्काएको बताएकी हुन् ।

‘हिजो राति ८ः२५ बजे देशद्रोहीले मेरो घरमा बम पड्कायो, झ्यालबाट हेर्दा मोटरसाइकलमा दुईजना भागे, अध्यारो भएकोले मैले चिन्न सकिन’ गुरुङले भनिन्, ‘महाराजगञ्ज थानामा फोन गरे । गृहमन्त्रीलाई फोन गरेको उठेन । प्रहरी आएपछि कम्पाउण्डमा ओर्ले । प्रहरीले कम्पाउण्डभित्र रकेट बमको खोल लिएर गएको छ ।’ 

सांसद गुरुङले आफू संघीय सांसद र राज्यमन्त्री भइसकेकोले पूर्व राज्यमन्त्रीले पाउनुपर्ने सुविधा पाउनु पर्ने दाबी गरिन् । प्रतिनिधि सभा विघटनको बेला गुरुङ केपी ओली सरकारमा राज्यमन्त्री बनेकी थिइन् । संसद विघटनको बेला मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै १३ दिनमै उनको पद सर्वोच्चले खाइदिएको थियो । 

यसअघि सुरक्षाकर्मीले सलाम नगरेको भन्दै संसद्मा गुनासो गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्