प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूसँग बिफ्रिङ लिन लागेका छन् । सरकार गठन भएको एक वर्ष बितिसकेको अवस्थामा सरकारले गरेको काम कारबाही र अबको प्राथमिकताको विषयमा मन्त्री र सचिवसँग ब्रिफिङ लिन लागेको प्रधानमन्त्रीमा प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
मंगलवार दिउँसो साढे ३ बजे बस्ने बैठकमा देउवाले सरकारका कामको ब्रिफिङ लिन लागेका हुन् । त्यसका लागि प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाएका छन् ।
सरकारको काम कारबाहीलाई थप चुस्त बनाउनको लागि प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेको परियारले जानकारी दिए ।