२८ असार २०८३, आइतबार

संसदमा ओलीप्रति माओवादी सांसदको व्यंग्यः सत्तामा र विपक्षमा हुँदा एउटै बोल्ने शपथ चाहिँयो

संसदमा ओलीप्रति माओवादी सांसदको व्यंग्यः सत्तामा र विपक्षमा हुँदा एउटै बोल्ने शपथ चाहिँयो

सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथ ग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् र 

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले सत्तामा हुँदा एउटा र विपक्षमा हुँदा अर्को नबोल्ने शपथको माग गरेका हुन् । प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै सांसद महतले संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथ ग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताए । 

उनले पूर्वप्रधानमन्त्री ओलीले शपथग्रहण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरूको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताए । उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बन्धित रहेकोले हास्यव्यंग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गरे ।

उनले भने, ‘शपथको कुरा छ । सत्तामा रहँदा एउटा शपथ र विपक्षमा रहँदा अर्को शपथ हुन्छ । यो कुरा मान्छेको एउटा नैतिकतासँग संस्कारसँग पनि सम्बन्धित हुने रहेछ । हाम्रो सम्मानित प्रधानमन्त्रीले यो भन्दा अघि शपथ खाने बेला ठूलो हास्यव्यंग्य बन्यो । हामीले अब के गर्नुपर्छ भने जे शपथ खाने हो त्यो यहीँ पास गरौँ ।

उनले शपथ लिने र दिने दुवैले एउटै शब्द उच्चारण गर्नुपर्ने बताए । ‘शपथ खुवाउनेले एउटा र शपथ खानेले एउटा नगरौँ । जनता भन्ने पनि यहीँ लेखौँ, ईश्वर भन्ने भएपनि यही लेखौँ’, उनले भने, ‘महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो यहीँ पास गरौँ नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छौँ । यी कुराहरुमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्