१० साउन २०८३, आइतबार

चुनावको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ– भीमार्जुन आचार्य

चुनावको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ– भीमार्जुन आचार्य

संविधानविद् डा. भीमार्जुन आचार्यले चुनावको मिति घोषणा भएपछि प्रतिनिधि सभा स्वत भंग हुने बताएका छन् । चुनावको मिति घोषणा भएपछि प्रतिनिधि सभा विघटन गरिराख्नु नपर्ने उनको तर्क छ । 

‘चुनावको मिति घोषणा पछि प्रतिनिधि सभाको हैसियत के हुन्छ ?’ भनेर बहस भइरहेको समयमा आचार्यले चुनाव मिति घोषणापछि संसद नरहने बताएका हुन् । 

‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ । निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग (defunct) हुन्छ । फेरि विघटन गरिराख्नु पर्दैन । संसद् नै नरहेपछि सांसद् रहने भन्ने कुरै हुँदैन । स्थापित मान्यताको कदर गरौँ, अति नगरौँ’ आचार्यले मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।

सरकारले प्रतिनिधि सभा चुनावको मिति घोषणाको तयारी गरेको छ । लोकान्तरसँगको कुराकानीमा संविधानविद् डा. विपिन अधिकारीले पनि चुनाव मिति घोषणापछि प्रतिनिधि सभा नरहने बताएका छन् ।​

हेर्नुहोस् 

 


 

salt training

कमेन्ट गर्नुहोस्