०६ असार २०८३, शनिबार

टीभीएसले विराटनगरमा सम्पन्न गर्‍यो एओजीको राइड

टीभीएसले विराटनगरमा सम्पन्न गर्‍यो एओजीको राइड

टीभीएसले विराटनगरमा ३५ जना राइडर्सको साथमा एओजीको राइड सम्पन्न गरेको छ ।

लोकप्रिय टू–ह्वीलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे धनीहरूका लागि रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ ।  

साउन  १४ गते शनिवारको दिन सो राइड विराटनगर महेन्द्र चोकबाट शुरू भएर नेता चोक-विराट चोकदेखि इटहरी- इनरूवा हुँदै कोशी टप्पु  स्थित अकवा बर्ड ईको रिसोर्टसम्म ३५ सहभागीहरूलाई टीभीएसले पुर्याएको थियो । 

विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागीको लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३५ जना चयन भएका थिए । विराटनगरमा भएको यो संस्करणका लागि दर्ता गरेका बाँकी राइडर्सहरूलाई टीभीएसले विराटनगर कै भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ। 

टीभीएस ले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको हुन्छ । टीभीएस ले विराटनगर संगै अरु ठाउँमा  पनि एओजी राइडको लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ ।

नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गरी सकेको  छ। एओजी मा सहभागी भई विभिन्न राइडमा  मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा  पनि सहभागी हुने मौका पाइने कम्पनीले जनाएको छ । 

यो राइड अनुभवी मार्शलहरुको निगरानीमा भएको थियो जसमा राइडहरूलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको थियो।

यस एओजी राइडमा सहभागी हुने सबै राइडर्सहरुलाइ टीभीएसले फ्री राइडिङ गियर्स उपलब्ध गराएको थियो।  

सो राइडमा सहभागीहरुको लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो र बिजेताहरुलाई पुरस्कार तथा सबै सहभागीहरूलाई टीभीएसले उपहार र प्रमाण पत्र वितरण गरेको थियो । 

यसका साथै राइडरहरुले रिसोर्टको नजिकै हात्तीलाई खुवाउने मौका समेत पाएका थिए।  यस कोशी टप्पु  क्षेत्रमा अक्टोबर ताका  ५३७ प्रजातिका चराहरु बसाई सराई गरेर आउने गरेका छन।  

एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि प्रशान्त राजभण्डारी, प्रोडक्ट म्यानेजर टीभीएस मोटरसाइकल भन्छन्, " हामी अपाचे राइडर्सहरुको यति धेरै उत्साह देखेर निकै खुशी छौ । हामी चाडै नै एओजीबाट फेरी अर्को यात्रा सञ्चालन गर्नेछौँ । यस एओजी राइड को उदेश्य चाही नेपालमा अपाचे राइडर्सहरुको समूहलाई बलियो बनाउदै हाम्रो ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो ।"  

कोशी टप्पु  स्थित अकवा बर्ड ईको रिसोर्ट पुग्नु भएको सहभागी सन्दिप पोख्रेलले भने, "एओजी मा धेरै राम्रो समय बिताएका छौं। हामीले मार्शलसँग धेरै सवारी प्रविधिहरू सिक्नुका साथै नयाँ साथीहरू भेट्न पाएका छौं। यसपाली बिराटनगरमा आयोजना हुँदा आफू जस्तै अपाचे प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै छ र अब आउने दिनमा पनि टीभीएस ले यस्तो कार्यक्रम आयोजना गर्नेछ भन्ने आशा छ। राइड मा साथीहरू पनि बनाए र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाएँ। "

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। 

salt training

कमेन्ट गर्नुहोस्