
ओइलिएको फूललाई प्रकृतिले खसाउँछ सधैँ
नटिप्नु कलिलैमा फूल जवानीमा बसाउँछ सधैँ
छाता बोकेर हिँड ओत नभेटाउन पनि सक्छौ
ठाउँ फेरि फेरि झरीमा पानी रसाउँछ सधैँ
जो नाच्न जान्दैन उसैलाई आगन टेडो भएपछि
सिकाएर बाउलाई छोरो हरामी हसाउँछ सधैँ
गन्तब्य एक स्वार्थ अनेक बनाएपछि समयले
फेरि फेरि दोषीले निर्दोषलाई फसाउँछ सधैँ
जानेभन्दा आउनेले बारम्बार धक्का हानेपछि
ऋण बढाएर निर्दयीले करमा कसाउँछ सधैँ