२२ जेठ २०८३, शुक्रबार

त्रिभुवन राजपथबाट रात्रिसेवाका बस सञ्चालनमा रोक

त्रिभुवन राजपथबाट रात्रिसेवाका बस सञ्चालनमा रोक
प्रतिकात्मक तस्वीर

लगातार परेको वर्षासँगै आएको पहिरोका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौंतर्फ जाने रात्रि सेवाको बसलाई त्रिभुवन राजपथबाट काठमाडौंतर्फ जान अनुमति नदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौंडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करीब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जान अनुमति दिएको बताए । प्रवक्ता कार्कीले धादिङको नौबिसेको प्रहरीले काठमाडौंबाट मंगलवार बिहान पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौंबाट आएको मिनी ट्रक, ट्रक, पालुङबाट हेटौंडा आउने सवारीसाधनलाई मात्रै सञ्चालन ल्याउन अनुमति दिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्