२१ जेठ २०८३, बिहीबार

तमोर कोरिडोरको मूलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने

तमोर कोरिडोरको मूलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने

तमोर कोरिडोर सडक आयोजनाको मुलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने भएको छ । तमोर कोरिडोर सडक आयोजना मूलघाट कार्यालयले आज उक्त खण्डको ११० किलोमिटर सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरेको हो । 

रु पाँच अर्ब ७६ करोडको लागतमा उक्त खण्ड आसफाल्ट प्रविधिबाट कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको तमोर कोरिडोर सडक आयोजना मूलघाट कार्यालयका प्रमुख कुबेर नेपालीले जानकारी दिए । उनका अनुसार बोलपत्रको अवधि एक महिनाको रहेको छ । 

पूर्वी पहाडको बहुप्रतिक्षित आयोजना पर्यटकीय दृष्टिले आकर्षक र नमूना बनाउन लागिएको हो । यसका लागि आसफाल्ट प्रविधिको प्रयोग गर्न खोजिएको नेपालीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्