२८ असार २०८३, आइतबार

नागपञ्चमीमा वासुकीनाथमा भक्तजनद्वारा विशेष पूजा

नागपञ्चमीमा वासुकीनाथमा भक्तजनद्वारा विशेष पूजा

श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नागराज वासुकीको मन्दिरमा १०० भक्तजनले आज विशेष पूजा गरेका छन् ।

 नागपञ्चमीका अवसरमा एउटा विशेष पूजाको रु सात हजार ५०० को रसिद काटिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । यसै अवसरमा वासुकीनाथ मन्दिर परिसरमा चार काल सर्प योगको पूजा पनि गरिएको छ । काल सर्प योग शान्तिका लागि रु १५ हजारको रसिद काटिएको कोषले जनाएको छ । यो पूजाको व्यवस्था यसै वर्ष साउनदेखि सुरु गरिएको हो ।

भगवान् शिवले गलामा नाग धारण गर्ने हुनाले पशुपतिनाथको मन्दिर स्थापनाकै समयमा पशुपतिनाथ परिसरमा वासुकीनाथको मन्दिर स्थापना गरिएको हो । वासुकीनाथका भट्टको अनुपस्थितिमा पशुपतिनाथकै भट्टले यहाँको पूजा विधि चलाउने परम्परा छ ।

 नाग पञ्चमीका अवसरमा आज करिब ५० हजारभन्दा बढी भक्तजनले वासुकीनाथको पूजा आराधनासहित दर्शन गरेको कोषले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्